सेन्टी भाइरस’को सुखद् ओपनिङ

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ महाशिवरात्रिको अवसरमा दर्शकमाझ रिलिजमा आएको फिल्म ‘सेन्टी भाइरस’ले सुखद् ओपनिङ गरेको छ ।निर्माण पक्षले सार्वजनिक गरेको बक्स अफिस आँकडा अनुसार फिल्मले शुक्रबार १।१२ करोडको व्यापार गर्दै सुखद् ओपनिङ गरेको हो ।फिल्मले राजधानीभित्र ५९ लाखको बक्स अफिस कलेक्शन गरेको छ । त्यस्तै राजधानी बाहिर ५३ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी गराएको छ ।

फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो फिल्ममा सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, सन्दीप क्षेत्रीलगाएत मुख्य भूमिकामा छन् ।यो फिल्मको कुल नाफाको पचास प्रतिशत रकम जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’लाई प्रदान गरिने धुर्मुस सुन्तलीले घोषणा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया