जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जीत्दैनन् ।

प्रकाशित मिति:

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं । हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं । यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी भनाईहरु पेश गरेका छौं, जो विभिन्न समयमा, विभिन्न विद्वानहरुले भनेका थिए ।

– त्यस्तो काम गर्नुहोस्, जो तपाईंलाई औधी रुची लाग्छ । तब तपाईंले एक दिन पनि कामको बोझ अनुभूत गर्नुहुने छैन ।
– सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।

– हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ ।

– जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।

– एक निरासावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।

– जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जीत्दैनन् ।

– सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।

– सबैभन्दा ठूलो जोखिम त केहीपनि जोखिम नलिनु हो ।

– जबसम्म तपाईं समुन्द्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुन्द्र पार नै गर्न सक्नुहुन्न ।

– कुनैपनि धेरै कठिन छैन यदि त्यसलाई स(सनो कार्यमा विभाजन गर्नुभयो भने ।

– विपरित परिस्थितीमा कति मानिस टुट्छन् त, कतिले रेकर्ड तोड्छन् ।

– जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैनन् भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैनन् ।

– सत्य मार्गमा हिँड्ने कोही व्यक्ति दुई गल्ती गर्न सक्छन्, एक पुरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने ।

– जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिती होइन, मानििसक स्थिती सही हुनुपर्छ ।

– पैसाले नयाँ(नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

कुनैपनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।

– इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।

– सानोतिनो कुरा मनमा राख्नाले ठूलो(ठूलो सम्बन्ध कमजोर हुनसक्छ ।

– मैले यो सिकें कि डर नहुनु बहादुरी होइन । बरु डरमाथि विजय प्राप्त गर्नु बहादुरी हो ।

– जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।

– तपाईं यो नसोच्नुहोस् कि ‘मैले के गुमाएँ रु’ बरु यो सोच्नुहोस् कि तपाईंसँग त्यस्तो के छ, जो दुनियाँ खोज्न चाहन्छन् ।

– जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।

– पैसा तपाईंको सेवक हो, यदि त्यसलाई उपयोग गर्नु जन्नुभयो भने । पैसा तपाईको मालिक हो, यदि त्यसलाई प्रयोग गर्न जान्नु भएन भने ।