गुल्मीमा बृहत्त लिफ्टिङ्ग खानेपानीको सफल परिक्षण

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रमेश विश्वकर्मा/गुल्मी- गुल्मीमा बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा पर्ने भुवनपानी कुटी बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष हिमलाल पन्थीले जानकारी दिए ।विद्युतको साहयताले बस्तीदेखि तल सिस्नेहार भन्ने स्थानमा रहेको मुहानबाट कुटी भन्ने स्थानमा रहेको ट्याङ्कीसम्म पानी ल्याईएको छ । उक्त बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको सफल परिक्षण गरिएको छ । खानेपानीको सफल परिक्षण भएपछि स्थानीयमा निकै खुसीयाली छाएको छ । उक्त खानेपानी आयोजना केही दिन भित्रै सञ्चालन ल्याउने अध्यक्ष पन्थीले बताए ।

खानेपानीको तीन ठाउँमा ट्याङ्की निमार्ण गरिएको उपभोक्ता समितिका सचिव माधवराज पन्थीले बताए । उनका अनुसार एउटा ट्याङ्की सिस्नेहार मुहान नजिकै निर्माण गरिएको छ । त्यस्तै एउटा पातल भन्ने स्थान र अर्को कुटी भन्ने स्थानमा ट्याङ्की निर्माण गरिएको सचिव पन्थीले जानकारी दिए ।रेसुङ्गा नगरपालिका भित्र रहेका वडा नं. ५, ६ र ७ का जनताले यो लिफ्टिङ्ग खानेपानीको उपभोग गर्ने उपभोक्ता समितिका सह–सचिव उमाकान्त पन्थीले बताए । त्यस्तै सोही नगरपालिकाकै वडा नं. ४ का केही जनताहरुले पनि उक्त पानीको उपभोग गर्न पाउँने सह–सचिव पन्थीले जानकारी दिए । झण्डै १२ सय घरधुरी यो बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाबाट लाभाम्वित हुने बताईएको छ ।

नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य डा. चन्द्र भण्डारीको पहलमा यो आयोजना ल्याईएको हो । जिल्लामै यति ठुलो आयोजना ल्याउँदा त्यहाँका स्थानीयहरु निकै नै खुसी देखिएका थिए । झण्डै ६ करोडको लगानीमा उक्त आयोजनाको निर्माण भएको अध्यक्ष पन्थीले बताए । २०७२ सालमा संविधान सभा सदस्य डा. चन्द्र भण्डारीले यो आयोजनाको शिलान्यास गरेका थिए ।यो आयोजना भुवनपानी कुटी बृहत लिफ्टिङ्ग खानेपानी आयोजना) ल्याउँनका लागि निकै नै सङ्घर्ष गर्नु परेको नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए । यहाँका जनताहरुले पहिले जसरी निकै नै टाढा घण्टौ हिडेर पानी बोकेर ल्याउन पथ्र्यो अब त्यसको अन्त्य भएको बताए । यहाँ पहिले खानेपानीको निकै नै अभाव थियो नेता पन्थीले भने,‘म सानो छँदा यहाँ पानिको निकै समस्या थियो । अहिले पछिल्लो समय पानीको समस्या छैन । अब यहाँका जनतालाई पहिले जस्तो पानीको समस्या हुँदैन् ।’ यो आयोजनाको प्राविधिक काम सकिएपछि केही दिन मै जनताका घरघरमा यो लिफ्टिङ्ग खानेपानी पुग्ने नेता पन्थीले बताए ।पर्याप्त बजेट नहुँदा यो आयोजनाको काम गर्न निकै नै समस्या भएको थियो । निकै लामो समय लगाएर पटक–पटक मन्त्रालय धाएर पर्याप्त बजेट ल्याई यो आयोजनाको निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याईयो नेता पन्थीले भने । उनले आयोजनाको निर्माण कार्यमा खटिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् । पछिल्लो समय यो ठाउँको मुहारमा विस्तारै परिवर्तन हुँदै गएको छ । यहाँका जनताले गाउँमै शहरको अनुभूति गर्न पाएको बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग