प्रधानमन्त्री ओलीको जन्मदिनमा गाउँपालिकाले दियो सार्बजनिक बिदा

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मस्थान तेह्रथुमकाे आठराइ गाउँपालिका जाने भएका छन्।उनी हेलिकोप्टर मार्फत् आइतबार त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम जाने कार्यक्रम रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।आज प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमकाे आठराईमा भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।स्वास्थ्यमा समस्या भएपछि बालुवाटारभन्दा बाहिरका कार्यक्रममा कम

सहभागी हुने गरेका प्रधानमन्त्री आज तेह्रथुम जान लागेका हुन्।प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह अनुरुप नै कार्यक्रममा कम सहभागी हुने गरेका हुन्।प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि जन्मस्थान आठराईमा विशेष कार्यक्रम गर्न लागिएको छ। आठराई गाउँपालिकामा प्रधानमन्त्रीको पुरानो घर निजकै हेलिप्याड निर्माण गरिएको छ।प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकाले तयारी तीव्र पारेको आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वाले जानकारी दिइन्। प्रधानमन्त्रीले सडक उद्‌घाटन गर्ने कार्यक्रम रहेकाे उपाध्यक्ष कन्दङ्वाले जानकारी दिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…