दोस्रो पटक आमा बनिन अभिनेत्री शिल्पा

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


मुम्बई –  बलिउड अभिनेत्री शिल्पा सेट्टी दोस्रो पटक आमा बनेकी छन् । ४४ बर्षीय शिल्पाले बेबी गर्लको घरमा प्रवेश भएको आफ्नो ट्विटर मार्फत जानकारी गराएकी छन् ।पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएका राज कुन्द्रा र शिल्पाले यस पटक छोरीलाई जन्म दिएको बताएका छन् ।

उनीहरुले छोरीको नाम समिशा शेट्टी कुंद्रा रहेको पनि समाजिक सञ्जालबाटै घोषणा गरेका छन् ।साथै, बच्चाको जन्म १५ फेब्रुअरीमा भएको समेत खुलासा गरेका छन् ।शिल्पा शेट्टीको जन्म सन् १९७५ जुन ८ मा भारतको मेगलुरुमा भएको थियो भने उनले सन् १९९१ बाट मोडलिङ गर्न थालेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया