राजीनामा दिइसकेकाले बाँस्कोटामाथि छु्ट्टै छानविन गर्नुपर्दैन :प्रधानमन्त्री ओली

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
39 Shares


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटमाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै बचाउ गरेका छन्।एक सचिवालय सदस्यले भने–‘पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानविन गर्नुपर्छ।

’तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्नु नपर्ने भन्दै अडान लिएका तिए।पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानविन गर्नुपर्ने भनाइमा जोड दिएपछि उनले बास्कोटाको बचाउ गर्दै भने– बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने भएकाले पार्टीले छु्ट्टै छानविन गर्नुपर्दैन।’यस्तै सचिवालय बैठकले एमसीसी सम्झौता परिमार्जन गरेर मात्र संसद्मा अनुमोदन गर्ने सहमति गरेको छ।पार्टीको केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले दिएको सुझावबमोजिम परिमार्जन गरेर मात्र अनुमोदन गर्ने सहमति गरेको हो। नेपाल समाचारपत्र दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया