फुलबारी सहकारीद्धारा रक्तदान:  ७२ युनिट रगत संकलन

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल /फुलबारी बचत तथा क्रण सहकारी सस्था लिमिटेडले आफनो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सहरकारीले आफ्नो १५औं स्थापना दिवसको अवसर पारी रक्तदान गरेको हो । सहरकारीको बुटवल मैनाबगर स्थित सहकारीको कार्यलयमा सम्पन्न रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन भएको सहकारीका व्यवस्थापक नारायण भुषालले बताए ।

सहकारीका अध्यक्ष चन्द्रमणी भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बोल्दै रक्तदाता स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षत्रीले रक्तदान जस्तो पवित्र सामाजीक र मानवीय कार्य गरी स्थापना दिवस मनाएको भन्दै सहकारीलाई शुभकामना दिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष पुष्कर कार्की को स्वागत तथा सचिव रोशन पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया