स्वर्गिय सभासद उपाध्याय को स्मृतिमा शोक सभा

प्रकाशित मिति:

बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीले राष्ट्रिय सभाका माननीय साम्सद दुर्गा प्रसाद उपाध्याय को स्मृतिमा शोक सभा सम्पन्न गरेको छ । समाजका जिल्ला अध्यक्ष सरद भट्टराईको अध्यक्षता तथा जिल्ला सचिब अधिबक्ता कृष्ण पोखेरेलको सन्चालनमा शोक सभा सम्पन्न भएको थियो । बिपि बिचार राष्ट्रिय समाज का संरक्षक तथा सार्वजनिक लेखा समितिका सभापती माननीय भरत कुमार साहले दुर्गा उपाध्ययको निधनले नेपाली काङ्ग्रेस लाई अपुरणिय क्षति भएको बताउनु भयो । समाजका सल्लाहकार तथा नेपाली काङ्ग्रेस युवा नेता बिष्णु पोखरेलले उहाँ सरल र सहयोग नेता हुनुहुन्थ्यो भन्दै उहाको निधानले सबै लाई मर्माहत बनाएको भन्दै उहाले देखएको बाटोमा सबै लाग्न पनि आग्रह गर्नु भयो। बिपि बिचार राष्ट्रिय समाजका उपसभापति सारदा गौतम , समाजका क्षेत्र न ५ ख का क्षेत्रीय सभापती अमेरिका कोहार , समाजका जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेस लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर सभापति मोहम्मद सहिद खा , समाजका प्रेस सल्लाहकार बिक्रम खड्का , लगायतले शोक मन्तब्य ब्यक्त गर्नु भएको थियो ।