रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच ५ बुँदे सहमति

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रौतहट –  रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच ५ बुँदे सहमति भएको छ । भारतको बैरगनियामा आईतबार भएको दुईपक्षीय बैठकमा उक्त सहमति भएको हो । दुईपक्षीय बैठकमा सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती गर्ने, दशगज्जा क्षेत्रको सफाई अभियानलाई निरन्तरता दिने, सीमा क्षेत्रमा अपराधिक गतिविधि न्युनीकरण गर्न सूचना आदानप्रदान गर्ने सहमति भएको छ । त्यस्तै सीमाक्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने, भूमिगत सशस्त्र समूहको गतिविधिमा निगरानी गर्ने सहमति भएको छ ।

उक्त बैठकको नेतृत्व सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर गौरका प्रमुख एसपी रविनराज कर्णजित र बैरगनियाका भारतीय सिमासुरक्षा बलका २० नम्बर बटालियनका कमाण्डेन्ट तपनकुमार दासले गरेका थिए ।रौतहटस्थित सशस्त्र प्रहरीबल र बैरगनियास्थित एसएसबीको दुईपक्षीय प्रयासबाट यसअघि रौतहटसंग जोडिएको ३२ किलोमिटर सिमाना तथा दशगज्जामा अतिक्रमण गरी दुबैतर्फका स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ र दशगज्जामा भारतीय पक्षले राखेको विद्युतको पोल समेत हटाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?