आइटिएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
29 Shares


आइटिएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ।इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २-१ ले पराजित गर्दै स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले बताए।त्यसअघि नेपालले पाकिस्तानलाई २-१, सिरियालाई ३-० तथा सिङ्‌गापुरलाई २-१ ले हराएको थियो।

यु-१४ उमेर समूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए।पहिलो भएको नेपाल अस्ट्रेलियामा मार्चमा हुने वर्ल्ड जुनियर टेनिस प्रतियोगिताका लागि छनोट भएको छ। दोस्रो भएको श्रीलंका पनि छनोट भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया