बर्दघाट खानेपानीको निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा बस्याल

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट ४ बर्दघाटकोे ८ औ अधिवेशनका लागि सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदमा धातानन्द बस्याल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको निर्वाचनमा सयुक्त प्यानलबाट उम्मेद्वारी दिनुभएका अध्यक्ष पदका उम्मेद्वार धातानन्द बस्यालले १ हजार ३ सय ९० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकट्तम प्रतिद्वन्दी नेकपा प्यानलका प्रदिप सुवेदीले ९ सय ६१ मत प्राप्त गर्नुभएको हो भने उपाध्यक्षमा भने नेकपा प्यानलका दिपक लम्सालले १ हजार २ सय मत ल्याई विजयी हुनुभएको छ भने उहाँका नकिट्तम प्रतिद्वन्दी सयुक्त प्यानलका रमेश कुमार श्रेष्ठले १ हजार १ सय २२ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, सचिव पदमा सयुक्त प्यानलकै धन बहादुर गुरुंगले १ हजार १ सय ८७ मम ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा प्यानलकी सृजना आचार्यले १ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै कोषाध्यक्ष पदको लागी सयुक्त प्यानलकै थुमाकला बस्यालले १ हजार १ सय ८५ मत प्राप्त गरि विजयी हुनुभएको छभने उहाँका निकट्तम प्रतिद्वन्दी सरस्वती पन्त कण्डेलले १ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा सयुक्त प्यानलका रेनुका क्षेत्री गिरि, सिता गुरुंग, भुलई प्रसाद थारु, मंगले सार्कि, कालिदास पाण्डे कृष्ण विजयी हुनुभएको छ ।

त्यसैगरि लेखा समयोजकमा सयुक्त प्यानलका गोपाल पाण्डेले १ हजार उनन्यासी मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका निकट्तम प्रतिद्वन्दी विपिन आलेले ९ सय ७५ मत प्राप्त गर्नुभएको छ । लेखा समितिको सस्यहयरुमा सयुक्त प्यानलकै पुर्ण बहादुर सारु, बसन्ती चौधरी विजयी हुनुभएको निर्वाचन अधिकृत दिनेश घिमिरेले जानकारी दिनुभएको छ । संस्थामा कुल ३ हजार ५ सय २१ धारा जडान भएकोमा नियमअनुसार मतदानमा भाग लिन तीन हजार पच्चीस मतदाता रहेकोमा सो मतदान प्रकृयामा सस्थाका दुई हजार चार सय उन्साठी उपभोक्ताले मतदान गरेकोे निर्वाचन अघिकृत घिमिरले बताउनु भयो । । निर्वाचन समितिका अनुसार १२ पदका लागी २५ जनाको उम्मेद्धारी परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया