युनाईटेड फाईनान्सले गर्यो बालगृहलाई खाद्यान्न सामाग्री हस्तान्तरण

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


भैरहवा – युनाइटेड फाइनान्स लिमिटेडको २५ औं वार्षिकोत्सवको अवसर पारेर फाइनान्सको भैरहवा शाखाले बालगृहलाई सहयोग गरेको छ।भैरहवा शाखाले रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।आइतबार एक कार्यक्रमकाबीच युनाइटेड फाइनान्स लिमिटेड भैरहवा शाखाका प्रबन्धक अच्युत भण्डारीले बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरे ।कार्यक्रममा बोल्दै शाखा प्रबन्धक भण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहलाई खाद्यान्न सामाग्री वितरण गरिएको बताए ।

उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताए ।बालगृहका सञ्चालक गुरुङले बालगृहलाई सम्झेर युनाइटेड फाइनान्स लिमिटेड भैरहवा शाखाले सहयोग गर्नु प्रशंसनीय रहेको बताइन् । उनले आगामी दिनमा पनि बालगृहले सहयोगको अपेक्षा राखेको बताइन् ।बालगृहमा हाल १९ जना बालबालिका रहेको उनले जानकारी दिइन् । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई, युनाइटेड फाइनान्स लिमिटेडका कर्मचारी सुबोध पन्त, शोभा गौतम, अञ्जन चौधरी, ललित बहादुर रावत लगायतको उपस्थिति रहेको थियो ।१६ औं शाखाको रुपमा गत मंसिर २० गतेदेखि युनाइटेड फाइनान्स लिमिटेड भैरहवा शाखाले सेवा शुभारम्भ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया