जबरजस्ती छोरीलाई करणी गर्ने बाबु जेल चलान

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


डडेल्धुरा  –  डडेल्धुरामा छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बुवालाई कारागार चलान गरिएको छ ।आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा ती बुवालाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

विगत ६ महिनादेखि जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो । बाबुको नाम खुलाउँदा छोरीको पहिचान हुने भन्दै दुवैको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया