चितवन २०२०’को मिस ब्युटि अफ ताज कृतिलाई

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  ‘मिस ब्युटि अफ चितवन २०२०’को ताज कृति चौधरीले जितेकी छन् । ट्प वन मिडिया प्रा.लिको आयोजना रहेको प्रतियोगितामा नविना कडेल फस्ट रनरअप र रस्मिता अधिकारी सेकेन्ड रनरअप भए ।अभिनेत्री अनिता केसी, सोनी बिसी, निर्माता बसन्त शर्मा, रंगकर्मी रफि शाह निर्णायक रहेको प्रतियोगितामा आधादर्जन बढी उपविजेता समेत छानिएको थियो ।जसमा अर्गनाईजर च्वाईस, मिस कन्फिडेन्स, बेस्टवाक प्रतिक्षा अधिकारी, मिस पपुलर र वेस्टफिगर कृति चौधरी,

वेष्टआईज खुशी सुनुवार,मोस्टफोटोजेनिक कमला खत्री, भ्युर्वस च्वाईस नविना कडेल, मस्टट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटा घोषित भए ।चितवनका युवतीहरुको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगिता आयोजना भएको आयोज ट्प वन मिडियाका प्रबन्ध निर्देशक रब्स सापकोटाले बताए ।शिर्ष विजेताले थाईल्याण्ड टुरको प्याकेज, विभिन्न आर्कषक पुरस्कारका साथै चलचित्र म्युजिक भिडियो अभिनय अवसर प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया