पोर्चुगलमा महिलाहरु लक्षित एक दिने व्यक्तित्व विकास तालिम सम्पन्न

प्रकाशित मिति:

पुनम गौतम/लिस्वन-नेपाली नारी समाज, पोर्चुगलले ११० औ अन्र्तराष्ट्रिय श्रमिक नारी दिवसको पूर्वसन्ध्यामा महिलाहरु लक्षित एक दिने व्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ । पोर्चुगलमा बसोबास गर्नुहुने नेपाली दिदिबहिनीहरुलाई परदेशी भुमिको बसाई सहज बनाउन खेल्ने मुख्य भुमिकामा आफ्ना कुराहरु स्पष्ट राख्न सकुन भन्ने उद्देश्य सहित आईतबार एन। आर। एन। ए पोर्तुगलको हल आन्जुसमा भएको कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

आफ्नो विकास नभएसम्म समाज विकासको क्षेत्रमा सहजै भूमिका निर्वाह गर्न नसकिने हुदां व्यक्तित्व विकासमा जोड दिनुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् । स्वदेश तथा युरोपमा लामो समयदेखि पत्रकारीता गर्नुभएका पत्रकार यादव देवकोटाले प्रशिक्षण दिनुभएको तालिममा करिव ३० जना महिलाहरुको सहभागीता रहेको थियो । लामो समय आफुले पत्रकारीता क्षेत्रमा बिताएका अनुभव आदान प्रदान गर्दै, विदेशमा महिलाहरुमा पर्ने प्रभाव, अभाव र दवाबका अनुभव सहित आईपर्ने चुनौतीलाई कसरी सामना गरेर अघि बढ्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

साथै नेपाली नारी समाज पोर्तुगलले महिलाहरुको क्षमता विकासका लागि आयोजित तालिमले क्षमता अभिवृद्धिका लागि ठूलो भूमिका निर्वाह गर्ने प्रशिक्षार्थीहरुले बताएका छन् । विगतका वर्षहरुदेखि महिलाहरुको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेको नेपाली नारी समाज पोर्तुगलले नारी दिवसको अवसरमा वृह्त कार्यक्रमहरु गर्ने समेत जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि समाजले महिलाहरु लक्षित गर्दै बालबालिका लक्षित मातृभाषा शिक्षा, हाउस किपिड्ड, नेल आर्ट, लगायतका सामाजिक कार्य गर्दै आईरहेको आईरहेको छ । तालिमलाई एन।आर।एन।ए पोर्तुगल, मेरो सारी बुटिक, समाजसेवी शोभा कार्की, दरवार रेष्टुरेष्ट लगायतको सहयोगमा आयोजित तालिममा फोटोपत्रकार अर्जुन जैसवालले आफ्ना अनुभवहरु समेत प्रदान गर्नुभएको थियो । समाजकी सचिव पुनम गौतमले सञ्चालन गर्नुभएको कार्यक्रम समाजकी कार्यवहाक अध्यक्ष मिनामाया खरेलको अध्यक्षतामा भएको हो ।