गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको पहलमा तिन नेपाली सम्मानित।

प्रकाशित मिति:

GPK Foundation America (गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका) र Balance Group Inc. को संयुक्त सहकार्यमा न्यु यार्क स्थित ज्वीस सेन्टर हल, ज्याक्सन हाईट्स मा हिजो फेब्रुअरी को २२ गते बेलुका अमेरिकाको न्यूयोर्क राज्यका डेमोक्र्याट एवम् रिब्लिकन पार्टी का विशिष्ट राजनीतिज्ञहरु, मानवअधिकारवादिहरु, पत्रकारज्युहरु, विभिन्न समुदायका समाजिक अभियन्ताहरु, कलाकार एवम् बुद्वजिवीहरु लगयत बिभिन्न बिसिस्ट ब्यक्तित्त्योहरुको उपस्थितिमा आयोजित पार्कर खेलाडी दिनेश सुनार र पाचौं पटक गीनेस बुक अफ वर्लड रेकर्ड होल्डर उज्वल सीहं ठकुरी, द्वय लाई सम्मान तथा विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। “गोर्खाली पार्कर गोइङ्ग ग्लोबल” का अन्तराष्ट्रिय पार्कर खेलाडी दिनेश सुनार ले आफ्नो पाचौं गीनेस बुक अफ वर्लड रेकर्ड का लागि एक मिनेटमा दश पटक वर्पीस जम्प गरेर किर्तीमान राख्न सफल भए र उक्त किर्तीमान गीनेस बुक अफ वर्लड रेकर्ड ले मान्यता दिन भने बाँकी नै छ। आशा छ गीनेस बुक अफ वर्लड रेकर्ड ले पार्कर खेलाडी दिनेश सुनारलाई पाचौं प्रमाणपत्रले सम्मान गर्नेछ। यस टिमलाई सम्मान तथा विदाई गरिने कार्यक्रममा यु-यार्क राज्यका सेनेटर जन ल्युका प्रतिनिधि, क्वीन्सवोरो प्रेसिडेन्ट सारोन लि की प्रतिनिधि, वरिष्ठ कानुनविद खगेन्द्र जि सि, जि.पि. कोइराला फाउण्डेशन अमेरिकाकी सल्लाहकार उमा शाह, अन्तराष्ट्रीय पार्कर फेडेरेशनका सस्थांपक एवम् हलीहुड मुभिज का नायक भिक्टोर बेभिन, डेमोक्रयाट फर न्यु-यार्क सेनेट का ईगी टोरोनोभा, स्थानीय नागरिक संघकी अध्यक्ष नउला वोदोर्थी, न्यु-यार्क राज्य ऐसेम्बली मेम्बर क्याटालिना क्रुजकी प्रतिनिधि, न्यु यार्क राज्य ऐसेम्बली मेम्बर माईकल डेनडेक्करका प्रतिनिधि र न्यु यार्क सिटी काउन्सिल मेम्बर पल ए भलोनका प्रतिनिधि हरु उपस्थिति रहेको थियो भने म्यानमार का मानवअधिकारवादी एवम् बर्मा पोईन्ट अमेरिका का अध्यक्ष को मो चेन, भारतीय अमेरिकी कम्युनिटि का नेता एवम् मुस्लिम सेन्टर अमेरिका का पुर्व महासचिव सलिम सय्यद, श्री लकां अमेरिकी समुदायका नेता एवम् तासमिना का अध्यक्ष अर्साथ ऊदुमुम्बेले, कम्युनिटि बोर्ड-५ का मेम्बर एवम् युवा नेता ज्ञानल थापा, वरिष्ठ कलाकार अभय ढुङ्गेल, नेजसस न्यु यार्क का सचिब अनिराज पाण्डे र पाचौं पटक गीनेस बुक अफ वर्लड रेकर्डबाट सम्मानीत हुने व्यक्तित्व उज्ज सीङ्ग ठकुरी को पनि उपस्थिति रहेको थियो। जि.पि. कोइराला फाउण्डेशन अमेरिका का तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु क्रमशः सुश्री दावा शेर्पा, छिरिङ्ग राप्के लामा,राम चन्द्र अधिकारी, प्रेम पौंडेल, आदित्य महर्जन, सुर्य सिमखडा, मेघा बस्नेत प्रधान, ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. नेपालका संयोजक मनोज पन्थी लगायत यस कार्यक्रमलाई यसरी सफलता पुर्वक सम्पन्न गर्न अहोरात्र खटनु भएको थियो। वर्लड रेकर्ड का लागि एक मिनेटमा दश पटक वर्पीस जम्प को उद्घाटन खगेन्द्र जि सि, ईगी टोरोनोभा, चार्ल्स वाङ, मोनिका स्वारेज र दिनेश सुनार ले सयुक्तंरुपमा रिवन काटेर गर्नु भएको थियो। यस खेललाई उज्जवल ठकुरीले विशेष संयोजन गर्नु भएको थियो भने रयान लामघारे ले यस खेलको नियम पढेर सुनाउनु भएको थियो। विशिष्ट अतािथि ज्युहरु ले आ-आफ्नो शुभकामना मन्तव्य दिनु भएको थियो भने उज्जवल सिहं ठकुरी, दिनेश सुनार र मनोज पन्थी लाई सेनेटर जन लिउ, क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, न्यु यार्क राज्यका ऐसेम्बली मेम्बर द्वय क्यटलिना क्रुज र माईकल डेनडेक्कर र न्यु यार्क सिटी का काउन्सील मेम्बर पल ए भेलोन ले आ-आफ्नो कदरपत्रले (Citations) सम्मान गर्नु भएको थियो। कार्यक्रममा दिनेशलाई ईगी टोरोनोभाले गिनिस बुक अफ वर्ल्ड रेकर्ड (चौथो) को प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभयो। कार्यक्रम फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे ले संचालन गर्नु भएको थियो भने धन्यवाद ज्ञापन पार्कर दिनेश सुनार ले गर्नु भयो।