आर्थीक रकम भुक्तानि दिन नमिल्ने भनेपछि कपिलबस्तुको यशोधरा गाउपालिका को लेखा शाखामा २ दिन अनिश्चित तालाबन्दी

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


डिलाराम भुसाल  , कपिलबस्तु ८ फागुन । कपिलबस्तुको एक गाउपालिकाको कार्यपालिका बैठकले आफ्नै लेखा शाखामा ताला लगाउने निर्णय गरेको रहस्य बाहिर आएको छ । लेखा अधिकृत ले नियम र कानुन भन्दा वाहिर गएर लेखा बाट आर्थीक रकम भुक्तानि दिन नमिल्ने भनेपछि यशोधरा गाउपालिका को लेखा शाखामा २ दिन अनिश्चित तालाबन्दी गरिएको बताएको छ । गाउँपालीका का वर्डा न ंं५ र ६ का अध्यक्षले कार्यपालिकाको निर्णय अनुसार लेखा अधिकृत निराजन लम्सालको कार्यकक्षमा तालाबन्दी गरेको बताएको छ । के कारणले ताला बन्दी गरियो भन्ने कुरा जनप्रतिनिधीले दिने जवाफ उनीहरु संग केहि पनि नरहेको पाएको छ । कार्यपालिका बैठकको माइन्युट अनुसार स्थानिय उपभोक्ता समितिले काम गरे बापत पाउनु पर्ने रकम लेखाले निकासा नगरिदिएको र अनावश्यक दुख दिएका कारण तालाबन्दी गर्नु परेको बताएको छ ।
तर वास्तविक कारण ठिक विपरित रहेको बताएको छ । गाउँपालिकामा हुदै नभएका योजनाको बिल पेश भएको र लेखा अधिकृत लम्सालले भुक्तानी नगरेपछी ताला लगाएको गाउपालिकाका अन्य कर्मचारीको भनाई छ । लेखा अधिकृत लम्सालले यो विषय सबैलाई थाहा छ म नियम कानुन भन्दा वाहिर जान चाहान्न जनप्रतिनिधीहरु आफ्नो निर्णय भएपछि सबै कब्जा हुन्छ भन्ने पक्षमा रहन्छन् विवाद त्यही नै हो उनले भने । तर गाउपालिकामा धेरै योजनाहरु टेन्डर प्रकृया नभई कोटेशनको आधारमा काम गरेको पाएको छ । एक श्रोत का अनुसार विवाद गत वर्ष देखिकै हो गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेले २० वटा फर्जी योजनाको एक करोड वढी रकम वीलका आधारमा भुक्तानी दिन लेखा अधिकृतलाई आग्रह गरे को रहस्य बाहिर आएको छ ।
तर लेखा अधिकृतले ती योजना फर्जी हुन भन्ने उजुरी परेकाले भुक्तानी दिन नसक्ने वताएको छ । त्यसपछि कार्यपालिका बैठक नै वसेर लेखा अधिकृत सरुवाको माग गर्दै अध्यक्ष पाण्डे सहितको टोली मन्त्रालय पुगेको बताएको छ । मन्त्रालयले सुरुमा सरुवा गरिदिने आश्वासन दिएको थियो । तर पछि लेखाअधिकृत सही रहेको अध्यक्ष पाण्डे सहितले फर्जी योजनाको भुक्तानी गर्न दिएको दवाव नमान्दा यस्तो माग भएको बुझेपछि सरुवा रोकियो बताएको छ । त्यस पछि अध्यक्ष पाण्डे लेखा अधिकृत लम्सालसंग टाढिदै गएको र विचमा एक दुई पटक लम्साल माथि हातपातको प्रयास भएको बताएको छ । तर निर्दोष लम्सालले डटेर मुकाविला ग्रदै आएको बताएको छ । फलस्वरुप उनी अफिस नगएको दिन अनिश्चित तालाबन्दी गरिएको बताएको छ । अध्यक्ष पाण्डेले तालावन्दी आफूले नभई ८ वटै वडाध्यक्षले गरेको र उक्त लेखा अधिकृत बाट काम ग्रर्नै नसक्ने भनेपछि वडा अध्यक्षले ताला लगाएको आरोप लगाएका छन् । यता गाउपालिकाका प्रमुख प्रशाशकयि अधिकृत राम चन्द्र ढकालको गाउपालिका अध्यक्षको मिलोमतोले ग्रर्दा लेखा शाखाको ताला खोलाउने पक्षमा नदेको क्ष्रोत्रको दाबी छ । तर स्थानिय बासि तथा सरोकारवाला निकायले भने पाण्डे निर्वाचन भएर गाउपालिकामा आएदेखि हालसम्मका कामहरुको खरिद निगरानि निकायबाट छानबिन हुनुप्रर्ने माग समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने