प्रहरी बर्दीमै ‘टिकटक’ बनाएपछि….

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ /महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी बर्दीमै पस्तोल देखाएर टिकटक बनाउने सई रत्नबहादुर थापालाई रानीपोखरी बोलाइएको छ ।भक्तपुरमा कार्यरत प्रहरी सई थापा र उनकी श्रीमतीले बर्दीमै टिकटक बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीहरुमाथि आवश्यक छानविनसहित कारबाहीका लागि रानीपोखरी कार्यालय बोलाइएको डिआइजी विश्वराज पोखरेलले बताए ।सई थापाले भने आफूले टिकटक नै नचलाउने गरेको बताए पछि टिकटकमा उनी प्रहरी पोशाकमै देखिएका छन् । अर्को एउटा टिकटकमा उनकी श्रीमतीले पेस्तोल समातेर टिकटक बनाएकी छिन् ।

दुवै टिकटक भिडियो दिलुमगर९१ अकाउन्टबाट सार्वजनिक भएका हुन् । एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडियोमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापालाई रानीपोखरी झिकाइएपछि उनको ठाउँमा महानगरमा कार्यरत सई राजु प्रसाईंलाई पठाइएको रानीपोखरी कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया