प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा अर्को उजुरी

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
61 Shares


काठमाडौं  –  प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् ।उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरेका छन् ।

शाही र पौडेलले प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उजुरी दिएका हुन् ।‘प्रधानमन्त्रीले भ्रष्टाचारको प्रमाण पाएपछि पनि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्नेमा सो प्रमाण लुकाएकाले प्रधानमन्त्री समेत भ्रष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टि हुन्छ’, आइतबार अख्तियारमा दिएको उजुरीमा भनिएको छ ।यसअघि बाँस्कोटालाई कारवाहीको माग गर्दै आइतबार नै विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी