पार्टीलाई एकढिक्का बनाएर मात्र बिश्राम लिन्छु – सभापती देउवा

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


                                                       बास्कोटा संग जोडीएका सबैलाई निष्पक्ष छानबिन गर्नुपर्छ । 

सबलपोस्ट / बुटवल – राष्ट्रियसभा सदस्य स्व. दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्‍य तिथिमा लुम्बिनीमा आयोजित शोक सभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण सानो बिषय नभएको र यो प्रकरणमा गोकुल एक्लैले गर्न नसक्ने पनि ठोकुवा गरे ।

साथै उनले यो प्रकरणमा जोडिने जो कोहिलाई छानबिन गर्नुपर्ने बताए । साथै यो काठइन परिस्थितीमा पार्टिलाई एकजुट बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले पार्टीलाई मझबुद संगै एकढिक्का बनाएर मात्र आफुले बिश्राम लिने स्पष्ट पारे । कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक बाल कृष्ण खाड , सार्वजनिक लेखा समितीका सभापति भरत कुमार शाह , पूर्व मन्त्री दिपकुमार उपाध्याय , जिल्ला सभापती अब्दुल रज्जाक लगायतले शोक सभामा सम्बोधन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया