दारी पालेरै यी मोडलले राखिन् विश्व रेकर्ड

प्रकाशित मिति:

एजेन्सी – विश्वमा अनेक प्रतिभा भएका मानिसहरु छन् । धेरैले अनौठो कार्य गरेरै गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेका छन् । त्यस्तै एक महिलाले पनि आफ्नो अनौठो प्रतिभाले बिश्वलाई नै चकित पारेकी छिन् । उनलाई देख्ने जोकोही हेरेको हेर्यै हुन्छ । उनको त्यो लामो दारी देखेर पुरुष हुन की महिला भनेर धेरै झुक्किन्छन् । उनी विश्वकै सबैभन्दा लामा दारी पाल्ने युवती हुन् ।

बेलायतकी मोडल हारनाम कुरा नाम गरेकी उनी एक मोडल पनि हुन् । उनको दाह्री ६ इञ्च लामा छन् । हारनामले सवैभन्दा लामो दाह्री भएकी महिलाका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाइसकेकी छिन् । उनको शरिर महिलाको जस्तो भएपनि अनुहारभरि पुरुषको जस्तै दाह्री छ । उनलाई आफ्नै दाह्रीले बिश्वभर चिनाएको छ ।