४० हजार घुससहित सव-इन्जिनियर पक्राउ

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कास्की– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार ५ सय घुससहित एक जना सव-इन्जिनियरलाई पक्राउ गरेको छ ।अख्तियारको टोलीले जिल्ला आयोजना कार्यान्वयन इकाई भवन कास्कीबाट खटिएका मादी गाउँपालिकामा कार्यरत सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई पक्राउ गरेको हो ।मादी गाउँपालिका वडा नं ९ का सेवाग्राहीसँग ४० हजार ५ सय घुस लिएको सूचनाका आधारमा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा निज सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया