लेक लागेर मलेसियन पर्यटकको मृत्यु

प्रकाशित मिति:

जोमसोम/मुस्ताङमा आइतबार एक मलेसियन पर्यटकको लेक लागेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार पासपोर्ट नम्बर ४०८२९०२६ भएका मलेसियन नागरिक ६२ वर्षीय राजा लिङ्गम थेन्चाथम्दीको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।मृतक राजा लिङ्गम श्रीमती र केही आफन्तसहित मुक्तिनाथ दर्शन गर्न आइतबार जोमसोम पुगेका थिए ।

जोमसोमबाट मुक्तिनाथ पुगेर फर्किने क्रममा बिहान करिव १० बजे वारागुङ मुक्तिक्षेत्र–१ को मुक्तिक्षेत्र हेलिप्याड नजिक अचानक बेहोस भएपछि उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरी निरीक्षक विनोद पौडेलले जानकारी दिए ।उनको लेक लागेर मृत्यु भएको जनाइए पनि मृत्य को कारण बारेमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । उनको शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ ।