दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीका ‘हेड कन्स्टेबल’को मृत्यु

प्रकाशित मिति:

एजेन्सी /भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबलको ज्यान गएको छ ।दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा प्रहरीका हेड कन्स्टेबलको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिने व्यक्ति भारतीय प्रहरीका हेड कन्स्टेबल रतन लाल रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको जनाइएको छ । झडपका क्रममा भारतीय प्रहरीका एकजना डीसीपी समेत घाइते भएका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी गरेका छन् भने प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गामुढा वर्षाएका छन् ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नका लागि बल प्रयोग गरेको छ । यहीक्रममा प्रदर्शनकारीहरु प्रहरीमाथि जाइलागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यहीक्रममा प्रहरीका डीसीपी घाइते भएको जनाइएको छ ।तनावग्रस्त अवस्थालाई नियन्त्रण गर्नका लागि प्रहरीले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यू जारी गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीसमक्ष संयमता अपनाउन आह्वान गरेका छन् ।