गुम्बामा ‘सिठो ल्हाछा शान्तिदेव र क्रोधदेवको चित्र कोरिने

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
95 Shares


धरान, १२ फागुनः धरान ८ स्थित श्री हिमालय महायान रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बामा सिठो ल्हाछो अर्थात शान्तिदेव र क्रोधदेवको चित्र कोरिने भएको छ । चित्र निर्माणका लागि लक्ष्मीप्रसाद मोक्तान संयोजक, मणिकुमार मोक्तान कोषाध्यक्ष र सदस्यहरु मैतबहादुर गोले, हर्क गोले, विष्णु मोक्तान, केवी बल र हर्क योन्जन रहेको सात सदस्यीय समिति गठन गरिएको गुम्बाका अध्यक्ष हर्क गोलेले बताए । लामा धर्ममा मानिसको दिमाग, मन, आत्मा र शरीरसंग सम्बन्धित विभिन्न ४२ वटा शान्तिदेव र ५८ वटा क्रोधदेव गरी १०० वटा देउताहरु हुन्छन् जसलाई लामा भाषामा ‘सिठो ल्हाछो’ भनिन्छ र ती देवताहरुलाई स्वर्गारोहण भएको ३ दिनमा मानिसको दिवंगत आत्मा सपनाजस्तोवाट व्युंझिएपछि एक÷एक गरेर देख्दै जाने धार्मिक विश्वास रहिआएको गुम्वाका खेन्पो तेन्जिङ वाइवाले बताए । यीनै शान्तिदेव र क्रोधदेवका कारण मानिसको मन, दिल र दिमागमा क्रोध र शान्ति उत्पन्न हुने, विभिन्न सकरात्मक, नकरात्मक विचारहरु छिनछिनमै आउने आदि हुने गरेको खेन्पो वाइवाले बताए । एउटा देउताको चित्र कोर्न करिव दशहजार खर्च हुने अनुमान गरिएकाले कूल दशलाखको लागतमा उक्त चित्र कोरिन लागेको गुम्वाका संरक्षक मैतबहदुर गोले तामाङले बताए । देउताको चित्र निर्माणका लागि समिति गठन भएसंगै पूण्यलाभका लागि विभिन्न दाताहरुवाट दुईलाख संकलन भईसकेको समितिका सदस्य विष्णु मोक्तानले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ
  • प्रदेश ५ सरकारले सिएमसि मार्फत गर्यो महत्वपूर्ण निर्णय
  • ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्कन अष्ट्रेलियाको सुझाव
  • कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु
  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…