शाइन बैंकका ग्राहकलाई सिद्धबाबा अस्पतालमा छुट

प्रकाशित मिति:

बुटवल/बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैक लि. र सिद्धबाबा सुपर स्पेसलिस्ट इन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौतापछि शाइन रेसुंगा बैंकका खातावाल ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र अस्पतालका अध्यक्ष डा. शक्ति बस्नेतले आइतबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार जनरल चेकजांच,फूल बोडी चेकअप,प्याथोलीजी, रेडियोलोजी र बेड चार्जमा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने अस्पतालका अध्यक्ष डा. बस्नेतले जानकारी दिए । क्षेत्रीयबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै बैंकले ११औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई बढी भन्दा बढी सुविधा दिने नीति अनुसार अस्पतालसंग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए । यसअघि बैंकले नेपालगञ्ज मेडिकल कलेजसंग पनि यस्तै सम्झौता गरिसकेको छ । यो सम्झौतापछि बैंकका ७० वटा शाखा कार्यालयका चारलाख भन्दा बढी ग्राहक लाभान्वित हुने छन् । दुई अर्ब चुक्ता पुंजी रहेको बैंकको पुस मसान्तसम्म निक्षेप २७ अर्ब १२ करोड तथा कर्जा लगानी २४ अर्ब ३२ करोड रहेको छ ।