कार र्यालीमा चितवन उद्योग संघको सहभागिता

प्रकाशित मिति:

भरतपुर/नेपाल भ्रमण वर्ष-२०२० लाई लक्षित गरी नारायणी नदीकिनारबाट लुम्बिनीसम्म बृहत् कार र्यालीको आयोजना गरिएको हो ।र्यालीको चितवन क्षेत्र नं।२ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, विजय सुवेदी र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो ।
भरतपुर–लुम्बिनी कार र्यालीमा चितवन उद्योग संघको तर्फबाट अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, युग राज वस्ती, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, बिष्णु प्रसाद पौडेल, जितबहादुर हमाल, गोपालप्रसाद गैरे, दिनुप कुमार बराल, दण्डपाणी भट्ट, रामचन्द्र अधिकारी, अमर घिमिरे, परमेश्वर भण्डारी, महिला उद्यमी मञ्चकी सदस्य दक्षिणा गैरे न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

नारायणी नदीकिनारबाट निस्किएको ¥याली पोखरा बसपार्क, आँपटारी, बाइपास रोड, केन्द्रीय बस टर्मिन, चौबीसकोठी, पुलचोक हुँदै लुम्बिनी प्रस्थान गरेको थियो । पर्यटन प्रवद्र्धनको लागि निस्किएको र्यालीलाई छिमेकी जिल्लाको गैँडाकोट नगरपालिका, बुटवल उपमहानगरपालिका, लुम्बिनी विकास बोर्ड, लुम्बिनी नगरपालिकाले समेत स्वागत गरेका थियो ।भरतपुर महानगरपालिका भित्र रहेका मुख्य पर्यटकीय गन्तव्यहरु मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर र सौराहा, उपरदाङगढी, सिराईसुली, सङ्घीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु भएको ¥यालीमा जनप्रतिनिधि, उद्योगी व्यवसायी, पत्रकार, पर्यटन व्यवसायीलगायत पाँच सयभन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।

थप समाचार