३ करोड भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख बिरुद्ध मुद्दा दायर

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
36 Shares


काठमाडौ – जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायतको ३ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आर्थिक अनियमितता गरेको आरोपमा कडायतविरुद्ध २ करोड ९४ लाख ८९ हजार विगो कायम गरि मुद्धा दायर गरेको हो।सोही मुद्दामा प्रतिवादी बनाइएका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध २ करोड २४ हजार विगोसहित कायम गरिएको छ।उनीविरद्ध १० वर्षसम्म कैद सजायको माग समेत गरिएको छ।जिल्ला हुलाक कार्यालय बझाङका कर्मचारीहरुले हुलाक

वचत बैंकको रकम हिनामिना र हानिनोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो ।निमित्त प्रमुख कडायत र तत्कालिन खरिदार उपाध्याय (हाल सुर्मा गाउँपालिकाका नासु)ले सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत लापरवाही एवं बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी मासेको एवं निजी प्रयोगमा लगाएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।उनीविरुद्ध दुवैलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानासहित, बिगो रकम असुल गर्न विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ
  • प्रदेश ५ सरकारले सिएमसि मार्फत गर्यो महत्वपूर्ण निर्णय
  • ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्कन अष्ट्रेलियाको सुझाव
  • कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु
  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…