कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
73 Shares


कालिकोट  –  कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको छ । रास्कोटदेखि यात्रु बाेकेर लालिघाटका लागि हिँडेको लु. २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जीप नदीको बिचमा डुबेको छ । दैलेख जिल्ला गुराँस गाउपालिका वडा न ४ घर भएका २१ वर्षका चालक टक्क खड्काकाे मृत्यु भइसकेको जनाइएको छ । जीप रास्कोट नगरपालिका वडा न. छ निवासी मन तिरूवाको जनाइएको छ । नदीको बिचमै डुबेको जिपको उद्धारमा कठिनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया