आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
71 Shares


नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हालै इङ्गेजमेन्ट गरेका छन् । बिहेको तयारीमा रहेको यो जोडीले सोमवार औंठी साटासाट गर्‍यो । परिवारका सदस्यहरु सहभागी रहेको एक समारोहमा आँचल र उदिपले औंठी साटेका हुन् । सोमबार राजधानीको चुच्चेपाटीस्थित इमेरियल बैंक्वीटमा यो जोडीले औंठी साटेको जनाइएको छ । खबरका अनुसार यी दुईले यसै महिना बिहे गर्दैछन् । फागुनको अन्तिम साता बिहेको तयारी गरिएको जनाइएको छ ।

यी दुईले आफ्नो लामो प्रेमसम्बन्धलाई विवाहमा बदल्न थालेका हुन् । आँचल र उदिप आफन्तका माध्यमबाट नजिकिएका थिए । आँचलले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामीले सधै साथ हुने निर्णय गर्‍यौं ।’ उनका फ्यानले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । पछिल्लो समय आँचलले फिल्म ‘झिंगे दाउ’ अभिनय गरेकी थिइन् । यो फिल्म प्रदर्शन हुन बाँकी नै छ । केही समय यता भने आँचल फिल्मका कारणले भन्दा पनि बिहे र ब्याइफ्रेण्डका कारण चर्चामा छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था
  • शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
  • स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
  • बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने