विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
8K Shares


                                   लुम्बिनी व्युरो अन्तर्गतका सबै जिल्लाका शैक्षिक संघसंस्थाहरु बन्द रहने

बुटवल –  विप्लव निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी)ले फागुन १४ गते संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्ताहरु गिरफ्तार गरेको विरोधमा देशव्यापी शैक्षिक आमहड्तालको आयोजना गरेको छ ।

यसक्रममा लुम्बिनी व्युरो अन्तर्गतका सबै जिल्लाका शैक्षिक संघसंस्थाहरु बन्द रहने आयोजकले बताएको छ । लुम्बिनी व्युरो अन्तर्गत नवलपुरबाट रुपा बुढा मगर, पाल्पा सारदा भन्डारी, रुपन्देहीबाट गोपाल रोक्का, कपिलवस्तु बिष्णु राउत, अर्घाखाँचीबाट नविन खड्का, नवलपरासीबाट सुशील परियारले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्दै जिल्लास्थित सबै शैक्षिक संस्थाहरु बन्द गर्न अनुरोध गरेका छन ।

ती सबै जिल्लाका अध्यक्षहरुले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सांगठनिक कामको सिलसिलामा रहेको बेला संगठनका अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरि राजनीतिक आस्थाकै कारण झुठा मुद्दा लगाएर गैरन्यायिक हिरासतमा राखिएको बताएको छ । उनीहरुको गैरन्यायिक गिरफ्तारी, धरपकड र झुठा मुद्दा खारेज गर्न र तत्काल रिहा गर्न शैक्षिक संस्था बन्द गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हेर्नुहोस्  विज्ञप्ति :

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था