
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन अमेरीका द्धारा स्वागत
अमेरीका । गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका को न्युर्योक स्थित आफ्नै कार्यालयमा ने वि सघंका पुर्व सभापति, तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्ब सभासद धनराज गुरुङ र वहाँकी धर्मपत्नी लाई गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखा का अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गर्नु भएको छ । वहाँहरुलाई स्वागत गर्ने क्रममा फाउण्डेशनकै उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु क्रमशः प्रेम पौंडेल, सुर्य सिमखडा र छिरिङ्ग राप्के लामाको उपस्थीती रहेको थियो । स्वागत कार्यक्रममा पुर्व नेजससअका सयोंजक बिष्णु सुवेदी, नेजससअ निर्वाचन तयारी समिति का महासचिव मुनेन्द्र नेम्बाङ्ग, नेजससअ निर्वाचन तयारी समिति का केन्द्रीय सदस्य सुन्दर गुरुङ्ग, नेपाल तरुण दल अमेरिका का उपाध्यक्ष अनन्त सुवेदी, नेपाल तरुण दल पर्वतका उपाध्यक्ष हेमन्त मल्ल लगाएतकाले आदरणीय धनराज गुरुङलाई कार्यालयमा स्वागत गर्नु भएको थियो। आदरणीय धनराज गुरुङ र उहाकी धर्मपत्नीको अमेरिकी भ्रमण सफल रहोस भनी जिपी कोईराला फाउन्डेसन अमेरीका शाखाले शुभकामना व्यक्त गरेको छ ।