मिडिया र मिडियाकर्मीमा रुपान्तरण जरुरी

प्रकाशित मिति:

काठमाडौं – संचार क्षेत्रमाक्रियाशिल संचारकर्मी र मिडियाका व्यवस्थापकहरुले आफुलाई समय अनुसार भूमिका परिवर्तन गर्दै लैजानुपर्नेमा एक कार्यक्रमकावक्ताहरुले जोड दिएकाछन् ।  सोमवार सेफर्ड कलेजले काठमाडौंमाआयोजना गरेको पत्रकारिताकाचुनौती र भूमिकाविषयककार्यक्रममा राजनीतिकविश्लेषक तथा नेपाल समयका सम्पादकीयनिर्देशकमुमारामखनालले अहिले डिजिटल मिडियाको समयमा स्रोतको उपलब्धताप्रयाप्तभएपनित्यसलाई अवसरको रुपमालिन संचारकर्मीहरु चुकेको बताए । उनले पत्रकारितामा नैतिकताभन्ने चिज हराउँदै गएको बताउँदै यसले पत्रकारलाई मात्रनभएर पाठकलाई पनिचुनौती खडा भएको बताए । उनले भने,‘पत्रकारिताले उठाउने इस्यूहरु प्रयाप्त छन्, तर त्याहाँसम्मपुग्ने प्रयत्नभएको छैन, यो विषयमा बहस सुरु हुन जरुरी छ ।’

सेफर्ड कलेज तथा नेपाल समयकाप्रबन्धनिर्देशक तरुण प्रताप साहले संचार माध्यमले कस्ता विषयवस्तु उठान गर्ने र कसरी अगाडी बढ्ने भन्ने कुरामा संचारकर्मी र मिडिया हाउस विचको समन्वय जरुरी भएको बताए । ‘हामीत्यस्तै पत्रकारिताको अध्यापनबाट त्यस्तै सक्रिय र यस क्षेत्रमा योगदानदिने जनशक्तिउत्पादनगर्ने अभियानमा छौं,’ उनले भने,‘ समर्ग पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट भिजनबनाउनको लागि साथदिनहामीतयार छौं ।’

राष्ट्रिय समाचार समितिका सुर्यचन्द्र बस्नेतले अहिले पत्रकारितामातथ्यहरुका केन्द्रित रहने प्रवृति हराउँदै गएको बताए । ‘पत्रकारितामातथ्यभन्ने चिज हराउँदा उल्टो पाठक भ्रमितहुने कामभएको छ, कसैले प्रस्तुतगर्ने गतलतथ्यलाई गलतभन्ने सामथ्र्य पत्रकारमा छैन,’उनले भने,‘ यो अवस्थामापत्रकारले नै भ्रमचिर्न नसके कसले गर्ने ? सोंच्न जरुरी छ ।’ पत्रकार महासंघका उपाध्यक्षविपुलपोखरेलले अहिले जो कोहीले पनि एउटा मिडिया मात्र पढेर धारणा बनाउननसक्ने दुखतअवस्था परिस्थिति सृजनाभएको बताए । ‘यसले पत्रकारिताप्रतिको विस्वसनीयता हराउँदै गएको छ, अर्को तिर राज्यले स्वतन्त्रपत्रकारितामा हस्ताक्षेप गर्दै आएको अवस्था छ, उनले भने,‘ पत्रकारले हिँडेको बाटो र प्रवृतिगलत छ कीभन्नेमापनिध्यानदिनुपर्ने वेलाआएको छ ।’ उनले मिडियामा लगानीगर्ने लगानीकर्ताले समेत आफ्नो प्रभावजमाएर मिडियालाई आफु अनुकुलबनाउनलागेको गुनासो गरे । उनले भने,‘यस्तो अवस्थामापत्रकारले मात्र नैतिकताको कुरा गरेर नपुग्ने हुनाले सबै क्षेत्र सुध्रनआवश्यक छ ।’

पत्रकार महासंघका सदस्य राधेश्यामदाहालले पत्रकारितागर्ने पछिल्लो पुस्ताजिम्मेवार भएर पत्रकारितागरिरहेको र गर्न सक्षमभएको भएको भन्दै नैतिकताभन्दापनिनियतले अफ्ठ्यारो पारिरहेको बताए । उनले अहिले मिडिया खोल्नेले पत्रकारिताको हितको लागिभन्दापनिआफ्नो स्वार्थकालाथिमात्र मिडिया खोलेको आरोप लगाए । पत्रकार तिर्थपौडेलले अहिले आमनागरिकले पत्रकारिता र पत्रकार भन्ने नै को हो भन्ने स्थिति आएको बताए । ‘यस्तो हुनुमापत्रकारिताकाएजेण्डा आमनागरिक केन्द्रितभएनन्,’ उनले भने ,‘पत्रकारलाई थपप्रशिक्षित र अग्रजले सही बाटो देखाइदिनुपर्यो ।’

पत्रकार बिक्रम गिरीले पत्रकारितामा मिडिया हाउसकामालिकको हालीमुहालीभएकोले मिडिया मालिकले के कालागि मिडिया संचालन गरेको हो स्पष्ट हुनुपर्ने बताए । ‘मिडियालाई गलततरिकाले प्रयोग गरेर फाइदा उठाउने कामभएको छ,’ उनले भने,‘मिडियाकर्मीले उठाएका एजेण्डालाई संस्थागतगर्ने र प्रोत्साहनगर्ने कामभएको छैन ।’ कार्यक्रममा सेफर्ड कलेजकाप्रमुखकविताशर्माले विषय उठान तथाकार्यक्रमको उद्धेश्यमाथीप्रकाशपारेकाथिए । कार्यक्रममाबिभिन्न संचारसंस्थामाकार्यरत दुई दर्जन पत्रकार तथाव्यवस्थापकको उपस्थितिथियो ।