बुटवलमा फागनु २१ देखि प्रथम प्रादेशिक घरेलु महोत्सव

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
236 Shares


बुटवल – आगामि फागुन २१ देखि ‘प्रथम प्रादेशिक घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव’ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन २१ गतेदेखि चैत २ गतेसम्म बुटवल देविनगरमा महोत्सव गर्ने भएको हो । मंगलबार महासंघले बुटवलमा पत्रकार सम्मेलन गरि महोत्सवले स्वदेशी साना घरेलु उद्योगीको प्रवद्र्धन गर्ने जनाएको छ ।

महासंघका अध्यक्ष शान्ति तिमिल्सीना शर्माले महोत्सवको तयारी शुरु भएको र सफल बनाउन बुटवलबासीलाई आग्रह गर्नुभएको छ । । बुटवल देनिवगरमा हुने महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादन, महिला तथा स्थानीय स्तरका उत्पादनका करिव ३ सय स्टल राखिने उहाँले बताउनुभयो ।

सरकारले भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा यस क्षेत्रका पर्यटकीय गन्तव्यलाई महोत्सवले प्रवद्र्धन गर्ने आयोजकले जनाएका छन् । राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित बस्तु एंव सामाग्रीहरु र प्रदेश ५ को मौलीक संस्कृतिको प्रदर्शनी, कृषि उत्पादन एंव प्रविधिको प्रदर्शनी, महिला उद्यमीहरुका हस्तकला सामाग्रीहरुको प्रदर्शनी गरिने छ । पत्रकार सम्मेलनमा महासंघका जिल्ला उपाध्यक्ष धुर्ब धितालले महोत्सवले घरेलु उद्यमीलाई प्रोत्साहन गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको संस्था हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्कन अष्ट्रेलियाको सुझाव
  • कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु
  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण