लुम्बिनी प्रादेशिक अस्पतालमा म्याराथुन प्रतियोगिता सम्पन्न

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / बुुटवल  – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाई निरन्तरता दिएको छ। अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्र्तरगत आज म्याराथुन प्रतियोगिता भएको छ ।फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत भएको म्याराथुन बुटबलको योगीकुटीबाट सुरु भै लुम्बिनी प्रादेशिक अस्पतालमा समापन भएको थियो ।म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन प्रतियोगिता संयोजक राम प्रसाद अर्यालले बताए ।

म्याराथुन प्रतियेगीतामा महिला तर्फ रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो र अजय बसखोर तेश्रो भएको अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलले बताईन ।वार्षिक उत्सव कार्यक्रम संयोजक डा. सुदर्शन थापाले म्याराथुनमा सहभागी सबैलाई बिशेष धन्यबाद दिदै आगामी कार्यक्रममा पनि यस्तै उत्साहजनक सहभागीताको अस्पतालले अपेक्षा गरेकोे बताए ।

अस्पतालको बार्षिक उत्सब अहिले सम्म नमनाएको भएपनि यसलाई निरन्तरता दिने अस्पतालको त्रैमासिक बुलेटीन प्रकाशित गर्ने मेसु डा राजेन्द्र खनालले बताए । अस्पताल बिकास समिति अध्यक्ष सुर्य वहादुर भटराईले अस्पताल लाई नयाँ र फरक सैलीले लाने बताएका छन ।प्रदेश सरकारको योजना अनुरुप अस्पताललाई अघिबढाउन आफु लागेको बताए ।म्याराथुन प्रतियोगीतामा चिकित्सक, प्रशासनका सवै तहका कर्मचारीहरुको पनि सहभागीता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया