ईच्छा भावना र मनले सुकुम्वासी वस्तीमा बन्यो शिवालय मन्दिर

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


यमलाल भुसाल / बुटवल  – मानिसमा ईच्छा भावना र मन हुनेहो भने सामाजिक कामका लागि आर्थिकको समस्या हुदैन भन्ने कुराको प्रमाणित गरि दिएका छन रुपन्देहीको सुकुम्वासी वस्तीमा वसेका वासिन्दाहरुले । रुपन्देही जिल्लाको तिलोत्तम नगरपालिका वडा नम्वर ११ भुपु सैनिक स्थित ५ नम्वर टोलका सुकुम्वासीहरुले टोलमा १६ लाख लागतमा शिवालय मन्दिर बनाएर शिवरात्रीको दिन शुक्रवार उदघाटन समेत गरेका छन । उक्त टोलमा करिव ३ सय घर परिवार सुकुम्वासी रहेका छन ।विसं २०६८ सालमा सानो खरको छानो राखेर वनाएको शिवालय मन्दिर अहिले पक्कि र सुन्दर बनाईएको छ ।

स्थानिय भिमसेन श्रेष्ठ (प्रेम)को सक्रियतामा शुरु गरिएको मन्दिर निर्माणका लागि शिव मन्दिर निर्माण समिति गठन गरि काम गरिएको समितिका अध्यक्ष तोला कान्त अधिकारीले बताउनु भयो ।मन्दिर निर्माणका लागि भिमसेन श्रेष्ठले १ लाख २५ हजार, महेन्द्रध्वज विष्टले १ लाख १५५, जनक कोईरालले ५१ हजार १५१, तिलोत्तमा नगरपालिकाले ५० हजार, ओम वहादुर खाम्चा २१ हजार ५ सय सहयोग प्रदान गर्र्नु भएको छ । त्यसैगरी खोम वहादुर राना १५ हजार १५५, धन वहादुर मगर १० हजार १५५,तेज वहादुर कुवंर ५ हजार ५५५, गंगा मगर ५ हजार ५, कपिल कोईराला ५ हजार ५, नारायण प्रसाद कोईराला ५ हजार १ सय सहयोग गर्नु भएको छ ।

त्यस्तै सरिता लम्साल २२ हजार वरावरको मन्दिरको गजुर, कामधेनु शिवमन्दिरवाट शिव लिगं मन्दिरका लागि सहयोग प्राप्त भएको भिमसेन श्रेष्ठले बताउनु भयो ।वाँकी स्थानिय जनताको जनश्रमदानवाट मन्दिर निर्माण सम्पन्न गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो । २ कठृा जमिन समितिको नाममा रहेको र अव दैनिक रुपमा पुजा गरिने र शिवरात्री र श्रावणी मेलामा एक महिना नै विशेष गरि मनाउने पनि निर्णय गरिएको मन्दिर निर्माण समितिका संयोजक महेन्द्र ध्वज विष्टले बताउनु भयो । मन्दिरको एक समारोहका बीच कृष्ण बहादुर श्रेष्ठ र भिमसेन श्रेष्ठले शिवारात्रीको पुजा गरि मन्दिरको शुभारम्भ गर्नु भएको हो । मन्दिरको शुभारम्भ सगै हिन्दु धर्मालम्वीहरु विहानैदेखि मन्दिरमा पूजा गर्नका लागि लाईन लागेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव