डुंगा डुब्दा हराएका लुइँटेल मृत फेला

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ पोखराको फेवातालमा सोमबार डुंगा डुब्दा बेपत्ता भएका काठमाडौं १० कपनका सुमित भन्ने रामशरण लुइँटेल मृत अवस्थामा फेला परेका छन्।गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो रामशरणको शव फेला पारेको प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

रामशरणसँगै डुंगामा सवार काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने प्रहरीले सकुशल उद्धार गरेको थियो।काठमाडौंबाट पोखरा घुम्न गएका युवाहरुले आफैं चलाउने भन्दै फेवातालमा डुंगा लगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया