राष्ट्रपति होस्नी मुबारकको निधन

प्रकाशित मिति:

एजेन्सी /सन् २०११ को अरब क्रान्तिपछि फालिएको इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन भएको छ ।उनको राजधानी कायरोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको समाचार संस्था अल जजिराले जनाएको छ । सन् १९८१ मा तत्कालिन राष्ट्रपति अनवर सदातको हत्यापछि राष्ट्रपति बनेका उनले सन् २०११ सम्म इजिप्टको शासन गरेका थिए ।

सन् २०११ मा भएको अरब क्रान्तिपछि फालिएका उनी निकै लामो समयसम्म जेल जीवन बिताएका थिए । यद्यपि उनलाई सन् २०१७ मा अदालतले उनलाई अधिकांश मुद्धामा सफाई दिएको थियो ।सन् १९२८ मा नाइल डेल्टाको गाउँमा जन्मेका उनको शासनकालमा इजिप्टमा प्रहरी क्रुरता, राजनीतिक दमन, भ्रष्टाचार र आर्थिक संकट बढेको आरोप लाग्ने गरेका छन् ।