मृत अवास्थामा भेटीयो निलगाई

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


सनिउल्ला धोबी / कपिलवस्तु  – कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवामा मृत अवास्थामा निलगाई भेटीएको छ । सोमबार साझा पण्डितडिहवा गाँउको पुर्वतिर उखुको खेतमा मृत निलगाईको फेला परेको हो । मृत निलगाई देखेर स्थानियले प्रहरी चौकी उदयपुरलाई खबर गरेका थिए । उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरीका अनुसार उक्त निलगाई कसैले मारेको जानकारी दिनु भयो । पण्डीतडिहवाका स्थानिय भन्छन केही अपरचित मान्छे आएका थिए हामीलाई देखेर भागे । आज उक्त मरेको निलगाईलाई कपिलवस्तु साझेदारी बन

व्यस्थापन समितिको जिम्मा लागाइएको प्रहरी सहायक निरिक्षक जगतराम चौधरीले बताउनु भयो । आज दिउसो गौतम बुद्ध बन डिभिजन कार्यालय चन्द्रौटामा खडक खनि गाडेको वन अधिकृत एजाज अन्सारीले बताउनु भयो । गौतम बुद्ध बन डिभिजन कार्यालय शिव शंकर चौधरी, उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरी, कपिलवस्तु चन्द्रौटाका स्थानिय पत्रकार, समाजसेवी बुद्धीजिविहरुको रोहबरमा मृत निलगाईलाई खडलमा गाडेको वन अधिकृत एजाज अन्सारीले जनाकारी दिनुभयो । गौतम बुद्ध बन डिभिजन कार्यालय चन्द्रौटामा खडक खनि मरेको निलगाई खडलमा गाडदै बन हेरालु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया