मातृशिशुको पोषण सुरक्षाका लागि सुत्केरी र गर्भवतीलाई अण्डा घ्यू

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काभ्रे  –  पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियान शुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले बताए ।उनका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घ्यू वितरण गर्न शुरु गरिएको छ । ‘अभियानको पहिलो दिन १४ गर्भवती महिलालाई सो सामग्री वितरण ग¥यौँ’, वडाध्यक्ष तामाङले भने,

‘गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराएको विवरण सङ्कलन गरी त्यसका आधारमा वितरण प्रक्रिया थालनी गरेका छौँ ।’गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिन सम्मका महिलालाई वडाले अण्डा र घ्यू उपहार दिने अभियान सञ्चालन भइसकेको वडाध्यक्ष तामाङले बताए । त्यससँगै सुत्केरीपछिका दिनमा पनि बच्चा र आमालाई एक सेट कपडाका साथै खाना थालेपछि सर्वोत्तम पीठोको व्यवस्था गर्ने अभियानमा रहेको उनले बताए । सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने अभियान शुरु भइरहेको वडाध्यक्ष तामाङको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया