रूखले किचेर दुई जनाको मृत्यु

१३ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया

File

बागलुङ – बागलुङ र पर्वतमा रूख ढाल्ने क्रममा सोही रूखले किचेर एक/एक जनाको मृत्यु भएको र एकजना घाइते भएका छन्।बागलुङ नगरपालिका-७ तितौरेका ४६ वर्षका रत्नबहादुर कार्कीको मृत्यु भएको र ४२ वर्षीय पदम कार्की घाइते भएका हुन्।मंगलबार दिउसो उनी तितौरे सामुदायिक वनमा रूख ढाल्न गएका थिए।रूखले किचेपछि गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो। उनको अस्पताल ल्याइ पुर्याअउँदा दिउसो साँढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हेमबहादुर केसीले जानकारी दिए।

यसैबीच पर्वतको जलजला गाउँपालिका-८ नाङलीवाङका सुरज परियारको पनि मंगलबारै रूखले किचेर मृत्यु भएको छ।घरछेउमै रूख ढाल्ने क्रममा सोही रूखले परियारलाई किचेको थियो।उनको पनि मंगलबार दिउँसै उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो।अस्पताले उनको पनि मृत्यु भएको घोषणा गरेको थियो।परिवारका अनुसार परियारले रूख ढाल्ने क्रममा चलेको हावाका कारण विपरीत दिशामा ढल्न पुगेको थियो। सुरक्षित बन्न खोज्दाखोज्दै उनलाई रूखले किचेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु