बार्सिलोना र नापोलीको बराबरी

प्रकाशित मिति:

काठमाडौं / च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र नापोलीले बराबरी खेलेका छन् ।नापेलीको घरेलु मैदानमा भएको खेलमा डेरिस मार्टिन्सले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए पनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।पाहुना टोली बार्सिलोनाले बराबरी खेले पनि अवे गोल प्राप्त गर्न भने सफल रह्यो । मार्टिन्सले ३० औ मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाए ।

बार्सिलोनका एन्टोनी ग्रिजम्यानले ५७ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।खेल सकिन एक मिनेट बाँकी छदाँ आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएको थियो ।दोस्रो लिग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।