नरबहादुर जस्ले देशलाई साच्चिकै नार्दै छन …

प्रकाशित मिति:

दिनेश पाण्डे / असोज २६ दाङ

ठूलो मात्रामा पर्यटकीय सम्भावना बोकेको देश हो नेपाल । विश्वमै नभएका जीवजन्तूको साथै लोपोन्मुख जीवजन्तू,नेपाली भेषभुषा,कला संस्कृति तथा पुरातात्त्विक सम्पदा,विश्वकै अग्लो हिमाल , हिमाल ,पहाड ,तराइ मिलेर बनेको भु-भागमा अवस्थित नेपाल स्वर्ग भन्दा कम छैन। यति ठूलो पर्यटकीय संभावना बोकेको र नेपालमा ठुलो मात्रामा पर्यटक मात्र भित्र्याएरपनी देशको आर्थिक समृद्धि हुने सम्भावना भएको देश हो नेपाल तर प्रचारप्रसारको अभावमा पर्यटकक जति संख्यामा नेपाल भित्रीनु पर्ने हो तेति मात्रामा पर्यटक नभित्रीएको अवस्था छ।

यो अवस्थामा आर्थिक वृद्धिदर बढाउनको लागि फराकिलो सोच र निश्वार्थ भावले आफ्नो देशलाइ माया गर्ने देशप्रेमि नरबहादुर टण्डनले विश्वको कुनाकुनामा प्रचारप्रसार गर्ने र देशमा पर्यटकको संख्या बढाउन महा-अभियानमा लागिरहेका छन्। साविकको दाङ जिल्लाको हलबार-७ को लामिदमारमा लालबहादुर टण्डन र ताराकुमारी टण्डनका सन्तानको रुपमा सन् १९६९ सालमा जन्मेका हुन नरबहादुर टण्डन। खाद्रे दाङकै श्री जनश्रम मा वि बाट एस एल सि उत्तीर्ण गरेका हुन।त्यस पछि उच्च शिक्षा हासिल गर्नका लागि सन् २००५ मा क्यानडा छिरेका थिए।

सन् २०१२ को जनवरी महिनादेखी क्यानडा र अमेरिकामा अरुले भन्दा फरक रुपले आफ्नो व्यक्तिगत लगानीमा ५३ फिट लामो र ८.५ फिट उचाई भएको ट्रकमा नेपाल र नेपालिको कला संस्कृती,भेषभुषा,पर्यटकीय स्थल तथा पुरातात्त्विक सम्पदाको आकर्षक फ्लेक्स तस्वीर टाँसेर नेपाललाइ क्यानडा र अमेरिका वाट आफ्नो देश प्रचारप्रसार गरेर नेपाललाइ चिनाउनुको साथै ठूलो मात्रामा पर्यटक नेपाल भित्र्याउन सफल हुँदै आफ्नो अभियानलाई निरन्तरता दिइरहेका छन।

नेपाली कला संस्कृति तथा पुरातात्त्विक सम्पदा झल्काउने ट्रकको एकातिरको बाहिरी भागमा फेवाताल र माछापुच्छ्रे,एक सिंगे गैंडा,पाटेबाघ, प्याराग्लाडिङ,पदयात्रा,र्याप्टिङ तथा रक क्लाइम्बिङ का आकर्षक दृश्यहरु छन भने अर्कोतिर जिवित देवि कुमारी,बुद्द स्तुपा,पाटन दरबार र पशुपतिनाथको चित्र कुदिएको ट्रक आफ्नो व्यक्तिगत लगानिमा क्यानडा र अमेरिकाका विभिन्न प्रमुख सहरहरु तथा प्रान्तहरुमा दिनको करिब ११०० किलोमीटर कुदाउने गरेका छन।

उनी अहिले स्थायी रुपमा क्यानडाको ओन्टरीयो सहरमा बस्छन । पर्यटन बाट नेपालको आर्थिक समृद्धि तथा नेपाल र नेपालका पर्यटककिय स्थलहरुको बारेमा प्रचारप्रसार गर्ने अभियान सुरु गरे संगै नेपालको पर्यटन प्रबर्द्धनमा अहम भुमिका निर्वाह गरेको छ उनको कार्यले। बिगत २ बर्ष देखि उनी क्यानडा नेपालका पर्यटक दुतकोरुपमा काम गरिरहेका छन। अब टण्डनले पर्यटन प्रबर्द्धन को लागि सुरुमा नेपाको प्रदेश नम्बर ५ प्रवेश गर्ने मुख्य स्थानमा पर्यटकिय स्थलहरु,धार्मिक भेषभुषा,कला संस्कृति तथा पुरातात्त्विक सम्पदाहरुको बारेमा जानाकारी गराउनुका साथै कुन ठाउँमा कसरी जाने तथा पर्यटकलाई विभिन्न ठाउँमा जान सहजीकरण गर्नको लागि मुख्य खण्डमा कार्य विस्तार गर्दै छन ।

क्रमश यो कार्यलाई देशव्यापी गराउने र धेरैलाइ रोजगारीको सिर्जना गर्नका साथै सबै स्थान घुम्न पर्यटकलाई अभिप्रेरित गरेर नेपालको आर्थिक स्रोत बढाउने महा-अभियान पनि सुरु गर्दै छन र साथसाथै टण्डनले अब क्यानडा र अमेरिका मात्र नभइ नेपालको पर्यटन प्रबर्द्धनको लागि क्रमश युरोपेली देशहरुमा पनि बृहत रुपमा प्रचारप्रसार गरेर धेरै मात्रामा पर्यटकहरु नेपाल भित्र्याएर नेपालको आर्थिक स्थरलाइ माथी उठाउन टेवा पुर्याउने र नेपाललाई विश्व सामु एउटा नमुना देशको रुपमा विकसित गर्नको लागि महा-अभियान अगाडी बढाइरहेका छन।