राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै

१४ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
46 Shares


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभामा रिक्त सदस्यका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ। नेकपाको यो निर्णयसँगै अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने एउटा कोटामा वामदेव राष्ट्रियसभामा जाने भएका हुन्।

गोलाप्रथाका क्रममा २ वर्षे कार्यकालका लागि चुनिएका खतिवडाको कार्यकाल यही फागुनमा सकिँदैछ। उनको ठाउँमा अब वामदेवले राष्ट्रिय सभा सदस्यकारुपमा प्रवेश पाउनेछन्। पार्टीभित्रको चर्को गुटको विवादकाबीच नेकपा सचिवालय बैठकले बर्दियामा कांग्रेसका सञ्जय गौतमसँग पराजित वामदेवलाई राष्ट्रिय सभामा लाने औपचारिक निर्णय गरेको हो।

वामदेव राष्ट्रियसभा प्रवेश गर्ने भएसँगै अर्थमन्त्री खतिवडा अब राष्ट्रिय सभा सदस्य रहने छैनन्। राष्ट्रियसभाको कार्यकाल सकिएको ६ महिनासम्म खतिवडा अर्थमन्त्री रहन पाउनेछन्। तर त्यस पदमा रहने नरहने उनैले निर्णय लिनेछन्। यदि ६ महिनासम्म रहेमा उनले नयाँ आर्थिक वर्षको बजेट पनि ल्याउन पाउनेछन्।  – थाहाखबर 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भ्रष्टाचारीलाई हिरा र सचेत जनतालाई गिद्द भन्नेको हिसाबकिताब राखीने नेविसंघ…
  • अति गरिव विपन्न राहत बाट नछुट्न आग्रह
  • लकडाउनमा मजदुरको कथा:घरसम्म जान पैदल यात्रा गर्न बाध्य
  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप