अर्थमन्त्री पक्का बाहिरिने

प्रकाशित मिति:

काठमाडौं – नेकपा सचिवालय बैंठकले आगामी २० गतेबाट रिक्त हुन लागेको राष्ट्रिय सभाको मनोनीत सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ । वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएसँगै अर्थमन्त्री युवराज खतिवडा सांसद नबन्ने निश्चित भएको छ ।

यो पनि :

वामदेवलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न सरकारलाई नेकपाको सिफारिस

 

उनी राष्ट्रिय सभाको मनोनीत सदस्य नबन्ने निश्चित भएसँगै अर्थमन्त्रीबाट पनि बाहिरिने भएका छन् । अगामी २० गतेबाट राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन लागेका अर्थमन्त्रीलाई निरन्तरता दिने आधार सकिएको छ । सांसद पद नरहेको व्यक्ति मन्त्री नरहने संविधानको व्यवस्थाले २० गतेबाट उनको मन्त्री पद पनि सकिने भएको छ ।

यदि उनलाई मन्त्रीमा निरन्तरता दिनु परेमा पनि पुनः नियुक्त गरेर राष्ट्रपतिबाट सपथ खुवाउनुपर्ने हुन्छ । यस्तै मन्त्री बनेको ६ महिनाभित्र संघीय संसद प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य बन्नुपर्ने हुन्छ । तर, त्यसका लागि कुनै बाटो नरहेकाले अर्थमन्त्री बाहिरिने निश्चित भएको हो ।

यो पनि :

राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै