ज्ञानेन्द्र शाही पनि मिसिए रमेश खरेलको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा

प्रकाशित मिति:

बुटवल – भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाही पनी नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलको अभियानमा आबद्ध हुने भएका छन । खरेलले शुरु गर्न लागेको ‘हाम्रो नेपाल हामी नेपाली’ अ’भियानमा शाही पनी आबद्ध हुने अ’भियानका सं’योजक खरेलले बताएका छन ।

यस अभियान अन्तर्गत भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अ’भियानलाई स’क्रिय बनाइने खरेलले बताएका छन् । अभियानको औपचारिक घो’षणा बिहीबार एक कार्यक्रमबीच गरिने भएको छ ।

पार्टी स्थापनाको उद्देश्यले ‘हाम्रो नेपाल हामी नेपाली’ अ’भियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् । सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लै’जाने र त्यसपछि प्राप्त सल्लाह, सुझाव अनुसार राजनीतिक दलका रुपमा अघि ब’ढाउने योजना रहेको खरेलले बताएक छन ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई ब’ढुवा गरिएपछि खरेलले पदबाट रा’जीनामा दिएका थिए। खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला लगायत पनि आबद्ध छन्।

अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन्। पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छ’लफल भइरहेको बताइएको छ। यद्यपि पहिलो घोषणा सभामा भने पूर्वडीआईजी खरेल र पूर्वसचिव सिटौला रहनेछन्।

शाहीले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन ।