सेवाग्राहीसंग घुस लिदालिदैँ सम्मरीमाई गाउँपालिकाका वडा अध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ

प्रकाशित मिति:

बुटवल – सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवणकुमार यादवर र उच्च अदालत सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव सेवाग्राहीसंग घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवणकुमारले चौकिल्ला सिफारिसमा सेवाग्राहीसंग ७० हजार घुस लिएको अभियोगमा सोही गाउपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो भने बन्दीप्रत्यक्षिकरणमा सहयोग गर्न १५ हजार घुस लिँदै गर्दा उच्च अदालत सरकारी वकिल कार्यालयका कार्यालय सहयोग महेन्द्र यादवलाई १५ हजार रुपैंया घुस रकम सहित कार्यालय नजिकै बुटवलको जेसिजचोकबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।