कपिलवस्तुमा करोडौं बरावरका काँचो इँटा नोक्सान

१४ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सनिउल्ला धोबी / कपिलवस्तु  – .बेमौसमी वर्षाका कारण कपिलवस्तु लगायत देशभरका इँटा व्यवसायीको करोडौ रुपैयाँ बरावरका काँचो इँटा नोक्सानी भएको छ । जस पटक–पटक आएको बर्षाले कपिलवस्तुका इंटा व्यवसायीले तयारी अवस्थामा राखेका झन्डै २० करोड बराबरका इंटा नोक्सानी भएको इटा व्यवसायीले बताएका छन ।वर्षाका कारण जिल्लाका कुल ७५ बटा इँटा उद्योगको झन्डै ७ करोड काँचा इंटा नोक्सानी हुँदा २० करोड बरावरको नोक्सानी भएको कपिलवस्तुका इटा व्यवसायी प्रमोद चौधरीले बताउनु भयो । बर्षाले गर्दा इंटा भटमा कामगर्ने सयौं मजदुरको रोजीरोटी समेत प्रभावित बनेको छ । उपभोक्ता मूल्यमा २ रुपैया मूल्यबृद्धि हुने इटा व्यावसायीले बताएका छन । भटामा पकाउन तयारी

अवस्थामा राखिएको कांचो इंटा पटक पटकको वर्षाले नोक्सानी भएको चौधरीले बताउनु भयो ।लाखौ रुपैयाँ राजश्व तिर्दा समेत वर्षाले गर्दा आपना इंटा नोक्सानी भएपनि सरकारी निकायबाट कुनै सहयोग नभएको व्यवसायी बताउँछन् । वर्षाले गर्दा देशका विभिन्न स्थानका इंटा व्यवसायीका समेत करोडौ मुल्य बराबरका इंटा नोक्सानी हुँदा यसवर्ष समेत उपभोक्ताले महँगोमा इंटा खरिद गर्नुपर्ने बाध्यता भएको छ । यस बर्ष पाच पटक भन्दा बढी बेमौसमी बर्षा भएपछी व्यवसायी मारमा परेका छन । पानीले सबै इटा गलेको इटाका मनिसा इटा उद्योगका मुन्सी कमलेश कुर्मीले जानकारी दिनु भयो ।इटा व्यवसायी सगै खेती बारीमा समेत बर्षाले असर गरेको किसानहरुले बताएको छन । पानीले गँहु,मुसुरो धनियामा समेत असर गरेको छ । फागुन १३ र १४ गते परेको पानी खेतमा जमेको किसानहरुले बताएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया