इटा व्यवसायीलाई नियमन गर्छु : नगरप्रमुख कलाम

१४ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सनिउल्ला धोबी / कपिलवस्तु  – कपिलवस्तुको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले नगर क्षेत्रमा रहेका इटा व्यवसायीलाई नियम ल्याउने बताउनु भएको छ । इटा व्यवसायीलाई करको दयरामा ल्याइ छाडने नगर प्रमुख कलामले बताउनु भयो । दलित मानव अधिकार निगरानी समितिले आयोजना गरेको समन्वय बैठकमा उहाले यस्तो बताउनु भएको हो । नगर प्रमुख कलामले यहाँ रहेका अधिंकास इटा व्यवसायी विभिन्न बहान बनाएर कर छली लगायतका काम गरेको सुन्नमा आएकोले अनुगमन गरी कार्वाही गरीने बताउनु भयो । साथै इटा उद्योगमा बालश्रम शुन्यमा झार्ने उहाले बताउनु भयो ।सोही कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिकाको उपप्रमुख शुभावती कुर्मीले इटाभटाका बाललिकालाई शिक्षा पहिलो प्रथामिकता रहेको बताउनु भयो । केही भटाका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको बताउदै यदि कसैले शिक्षा कार्यक्रम लागु नगरेको भए कार्वाही गर्ने बताउनु भयो ।दलित मानव अधिकार निगरानी समितिको सहयोग

र विश्व शिक्षाको आर्थिक तथा प्राविधिक सहयोगमा इटा भटाका बालबालिकालाई शिक्षा दिने उदेश्यले समन्वय बैठक बसेको दलित मानव अधिकार निगरानी समितिको जिल्ला अध्यक्ष मिना परियारले बताउनु भयो । इटाभटाका श्रमिक बालबालिकाको तंथ्याक संकलन गरी उनीहरुको हकहितमा काम गर्नका लागि सक्रिय परियोजना लागु गरिएको मिना परियारले बताउनु भयो । परियोजनाको पहिलो चरणमा तंथ्याक संकलन गरी स्थानिय सरकारलाई बुझाइ कार्ययोजना बनाउने बताइएको छ । उक्त समन्वय बैठकमा महाराजगंज नगरपालिकाको वडाअध्यक्ष शिवप्रसाद बनिया, नैन दास मुराउ, शुशिल कुमार चौधरी, छेदी प्रसाद कुर्मी, हेमन्त कुमार चौधरी, अब्दुल समद मुसलमान,शैलेन्द्र कुमार चौधरीको सहभागीता रहेको थियो । साथै महाराजगंजन नगरपालिकाको योजना शाखा प्रमुख निरन्जन पौडेल, शिक्षा शाखाका प्रदिप सिह कहार, महिला तथा बालबालिका कार्यलयका महिला विकास निरिक्षक बिन्दबासिनी चौधरी, दलित मानव अधिकार निगरानी समितिको सामाजिक परिचालक रामलाल ढाढी, मुल्याकंन अधिकृत प्रेम नाथ हरिजन लगायतको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया