३८औँ राष्ट्रिय मगर एकता तथा स्थापना दिवसमा अध्यक्ष क्षेत्रीले उद्धघाटन गर्ने

१४ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
17 Shares


कञ्चन – नेपाल मगर संघ कञ्चन गाउ कार्यसमितिले फागुन १५ गते ३८ औँ राष्ट्रिय मगर एकता तथा स्थापना दिवस विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने भएको छ । ३८ औँ राष्ट्रिय मगर एकता तथा स्थापना दिवसको बिशेष कार्यक्रमको उद्धघाटन कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गर्ने भएका छन।कञ्चन गाउपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता,एकल नृत्य प्रतियोगिता तथा संस्थागत समूह नृत्य प्रतियोगिता सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिशेष सांगेतिक कार्यक्रम सहित मनाउन लागि रहेको मगर एकता तथा स्थापना दिवस कञ्चन गाउपालिका वार्ड नं. २ गजेडीको फुटवल मैदानमा मनाइन लागेको हो ।कार्यक्रममा मगर कला र संस्कृति झल्किने बिभिन्न सांस्कृतिक झांकी तथा खानाका परिकार समेत प्रदर्शनमा राखिने

र मगर जातीको जातिय पहिचान,मगर कला र संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न नयां पुस्ता र अन्य जाती समुदायमामा समेत परिचित गराउन हरेक बर्ष फागुन १५ गते मगर एकता तथा स्थापना दिवस मनाइदै आएको नेपाल मगर संघ,कञ्चन गाउकार्य समितिका सचिव देब बहादुर थापा मगरले बताउनु भएको छ ।राष्ट्रिय मगर एकता तथा स्थापना दिवसको अवसरमा कञ्चन गाउपालिका स्तरिय पुरुष भलिवल प्रतियाृगिताका लागि १० टिमले प्रतिस्पर्धा गर्ने छन भने एकल नृत्य प्रतियोगिताका लागि १३ जना नृत्यांगानाहरुले सहभागिता जनाउने सचिव देब बहादुर थापा मगरले बताउनु भएको छ ।त्यस्तै भोलीकै कार्यक्रममा बिभिन्न आमा समूहरुले समूहगत नृत्य प्रतियोगितामा सहभागिता जनाई कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…